पपुवा न्युगिनीद्वारा नेपाललाई २०४ रनको चुनौती
मकालु खबर
२०७९ फागुन १५ गते
काठमाडौँ । आईसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गतको खेलमा पपुवा न्यु गिनी(पिएनजी)ले नेपाललाई २०४ रनको चुनौती नेपाललाई दिएको छ ।
दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डङ रोजेको थियो । पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।
नेपालका लागि गुलसन झाले मात्रै ३ विकेल लिएका छन् । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिएर ३ विकेट लिएका हुन् ।
त्यस्तै, कुशल मल्लले २ विकेट लिए पनि सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक÷एक विकेट लिए ।
पीएनजीका लागि कप्तान असाद भाला र चाड सोपरले समाले ३६ रन बनाए । सेसे बाउ ३१ रनमा आउट भए । किप्लिन डोरिगाले २९ र नोरमान भाउवाले २५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउनै सकेनन् ।
अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
मकालु खबर
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित