उच्च अदालत पोखराको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई उच्च अदालत पोखराले दिएको सफाइको विरोधमा आज (सोमबार) काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

आजाद मोर्चाले आज नाबालिका बलात्कारको आरोपीलाई सफाइ दिएको भन्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले ‘बलात्कारी राज्य सत्ता मुर्दावाद’, ‘अदालती पितृसत्ता मुर्दावाद’, ‘सर्भाइबरलाई विश्वास गर’, ‘छोरीहरूलाई बाच्न देऊ’, ‘समीक्षालाई न्याय दे’ जस्ता नारा लगाएका छन् ।

शाहलाई फागुन १४ गते आइतबार उच्च अदालत पोखराले अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो ।

नवलपुर जिल्ला अदालतले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिए पनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको थियो । तर उच्च अदालत पोखराले उनलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएको छ । शाह आजै (सोमबार) कारागार मुक्त भएका छन् ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *