सन्दीपलाई यूएई पठाउन क्यानद्वारा आईसीसीसँग अनुमति माग

भिसा प्रक्रिया अघि बढाइँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन नेपाल क्रिकेट संघ(क्यान)ले प्रक्रिया अघि बढाएको छ । लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै क्यानले उनलाई युएई पठाउन प्रक्रिया सुरु गरेको हो ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानले जनाएको छ ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो टिममा कुनै परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने व्यवस्था छ । नेपालको १५ सदस्यीय टिम शनिबार यूएई गएको थियो ।

आइतबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई जितेर खेलको विजयी सुरुवात गरिसकेको छ । आईसीसी क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय खेलमा नेपालले अब ३ खेल खेल्नुपर्ने छ । सन्दीप युएई जान पाए बाँकी ३ खेलमा उनले खेल्न पाउने छन् । हालसम्म कुन खेलाडीको ठाउँमा सन्दीपलाई राख्ने भन्ने निधो टुंगो भने लगाउन बाँकी छ ।

यसबारे क्यानले आइसीसीसँग संवाद गरिरहेको क्यानले जनाएको छ । आईसीसीले अनुमति दिए आजै सन्दीपलाई युएई पठाउन भिसा प्रक्रियासमेत सुरु गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *