सरकारी वेबसाइट व्यवस्थित गर्न एकीकृत व्यवस्थापन प्रणाली शुभारम्भ
मकालु खबर
२०७९ फागुन १६ गते
काठमाडौँ । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् ।
सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ । यो प्रणाली पूर्ण रुपमा लागू भएपछि सबै सरकारी वेवसाइटहरु एकै प्रकारका हुनेछन् ।
प्रणाली शुभारम्भ कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।
मकालु खबर
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित