आईसीसी यू–१९ क्रिकेट : नेपालले पायो ७३ रनको लक्ष्य
मकालु खबर
२०७९ फागुन १६ गते
काठमाडौँ । आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत यूएईको अजमानमा रहेको मलेक क्रिकेट मैदानमा भइरहेको चौथो खेलमा नेपालले ७३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा ७२ रन बनाएर अलआउट भएको छ ।
नेपालका लागि दिपेश कँडेल एक्लैले ४ विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले ४ मेडन राख्दै ११ रन दिए ।
आकाश चन्दले ४.३ ओभरमा ९ रन खर्चिए । मिलन बोहोराले ९ ओभरमा ५ मेडन राख्दै ८ रन खर्चिएर २ विकेट लिए। सुवास भण्डारीले १ विकेट लिए ।
मलेसियाका लागि मुहम्मद अक्रम अब्दुल मलेकले बनाएको २६ रन बनाए । मोहम्मद हैरिल हरिसन र मुहम्मद स्याहिर सामयलले समान १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
अहिले नेपालले जवाफी ब्याटिङ गर्दै छ ।
मकालु खबर
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित