एमाले र राप्रपाको ढोक्सामा माछा पर्ने छैन : विमलेन्द्र निधि
मकालु खबर
२०७९ फागुन १६ गते
जनकपुरधाम । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अब नेकपा एमाले र राप्रपाको ढोक्सामा माछा नपर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेता निधिले नेकपा एमाले र राप्रपा ठेक्का लिँदैमा ढोक्सामा माछा नपर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस, सत्ताधारी प्रधानमन्त्री र समर्थन गरेका दलहरू बाहेक अरूको ढोक्सामा माछा पर्नेबाला छैन । ढोक्सामा माछा आइसक्यो ।’ नेता निधिले अहिलेको राजनीतिक घटनाक्रमबारे धेरै डिटेल बताउन नसक्ने बताए । उनले वर्तमान सरकारमाथि कुनै खतरा नरहेको पनि तर्क गरे ।
‘नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ’, उनले भने, ‘उहाँ जतिबेला विश्वासको मत लिनुहुन्छ । हामी पहिले पनि दिएकै थियौँ । अहिले पनि दिन्छौँ । ८/९ दिन विश्वासको मत दिन्छ ।’
मकालु खबर
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित