हाकिमीमाथि बलात्कार आरोप

काठमाडौँ । डिफेन्डर अचरफ हाकिमीमाथि बलात्कार आरोप लागेको छ । मोरक्को तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का डिफेन्डर हाकिमीमाथि यस्तो आरोप लागेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुकाअनुसार हाकिमीलाई लागेको बलात्कार आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको छ । २४ वर्षीया महिलाले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

ती महिलाले आइतबारै प्रहरी चौकीमा घटनाबारे जानकारी गराएपनि आरोप दर्ता नगरेको बुझिएको छ । हाकिमी र पिएसजी दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका वकिलले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *