प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव १२ बजेसम्म पेश गर्न आह्वान
विराटनगर । प्रदेश सभा सचिवालयले प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव आव्हानको सूचना प्रकाशित गरेको छ ।
नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली, २०७४ ( पहिलो संशोधन समेत) को नियम ५८ ( ख ) (१) बमोजिम सोही नियमावलीको अनुसूची ९ को ढाँचामा प्रदेश १ को नामकरण सम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गर्न आह्वान गरिएको छ ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गरिएको सूचनामा १२ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको नामकरणको प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । सूचनामा भनिएको छ, ‘प्रदेश नं. १ का प्रदेश सभा सदस्यहरूलाई मिति २०७९/११/१७ गते दिनको १०:०० बजे देखि १२:०० बजे सम्म आफ्नो प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराउनु हुन माननीय सभामुखज्यूको आदेशानुसार माननीय सदस्यज्यूहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यो पनि : प्रदेश-१ को नाम ‘कोशी’ राख्ने दलहरूबीच सहमति, नेकपा एसले फरक नाम दर्ता गर्ने