प्रदेश-१ : प्रदेशसभा भवन बाहिर सुरक्षा व्यवस्था कडा
२०७९ फागुन १७ गते
विराटनगर । प्रदेश-१ को नामको विषय प्रदेश सभामा प्रवेश पाउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेशको नाम जातीय पहिचानको आधारमा राख्ने कि नदी र भूगोलका आधारमा राख्ने भन्ने विवाद हुँदा प्रदेश-१ ले नाम पाउन सकेको थिएन । प्रदेश-१ को नामकरणकाे प्रस्ताव प्रदेश सभामा पेश हुने भएपछि बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेश सभामा नामको विषय प्रवेश पाउने भएपछि आन्दोलन हुन सक्ने भन्दै सुरक्षा अवस्था कडा पारिएको हाे । विराटनगर प्रवेश गर्ने नाका बाटै सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रदेश सभा भवन प्रवेशमा समेत कडाइ गरिएको छ । प्रदेश सभा सदस्यका स्वकीयलाई प्रवेश दिइएको छैन । प्रदेश-१ को नाम काेशी राख्न सबै दलहरू सहमत भएका छन् ।
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित