प्रदेश १ काे नाम `काेशी´ राख्ने प्रस्ताव दर्ता, एमालेकाे प्रस्तावमा कांग्रेसकाे समर्थन
विराटनगर । प्रदेश सभा सचिवालयमा प्रदेश १ काे नाम काेशी राख्न प्रदेश सभाका सचिवालयमा प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेका सांसद रामबहादुर रानाकाे प्रस्तावमा नेपाली काङ्ग्रेसका भूमिप्रसाद राजवंशीको समर्थन छ ।
संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १० नियम ५८ को उपनियम (ख) १ सँग सम्बन्धित प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता भएको हो ।
‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैँले गर्नु पर्ने दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएको हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रूपमा हिमाल देखी पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त हुने,’ प्रस्तावमा उल्लेख गरिएको छ ।
यस्ताे छ प्रस्ताव