मन्दिरबाट मूर्ति चोर्नेलाई पक्राउ गर्न नसकेको भन्दै चक्का जाम
मकालु खबर
२०७९ फागुन १७ गते
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै चक्का जाम गरिएको छ ।
मन्दिरका पूजारी र स्थानीयबासीले रमदैया–जनकपुर–ढल्केबर सडकमा चक्का जाम गरेका हुन् । उनीहरू सडकमा बसेर चक्का जाम गरेपछि सयौँ सवारी अलपत्र परेका छन् । फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान हतियारधारी चोरीहरूले चोरी गरेर लगेका छन् ।
यसअघि चार पटक मूर्ति चोरी भइसकेको छ । यो घटनामा संलग्न चोरहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भए पनि प्रहरीले पक्राउ गर्न नसकेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मन्दिरका पूजारी धिरज यादवले बताए ।
यस्ता छन् सीसीटीभी फूटेजबाट लिइएका तस्बिर
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित