प्रदेशको नाममा कांग्रेसको समर्थन फिर्ता, ‘काेशी’काे पक्षमा मतदान गर्ने

विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ को नाम कोशी राख्न दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेकाे प्रस्तावमा काङ्ग्रेस समर्थन रहेको प्रदेश १ काे नामाकरणकाे प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको थियाे ।

नेकपा एमाले सांसद राम मगरले गरेको प्रस्तावमा कांग्रेसका भूमिप्रसाद राजवंशीले समर्थन गरेका थिए ।  काेशी प्रदेशको प्रस्तावकाे समर्थनमा माओवादीले हस्ताक्षर नगरेपछि कङ्ग्रेसले पनि समर्थन फिर्ता लिएको हाे ।

कांग्रेस संसदीय दलले समर्थन फिर्ता लिएको प्रदेशसभा सचिवालयमा निवेदन दिएको छ । समर्थकमा हस्ताक्षर नगरेको भए पनि काङ्ग्रेस र माओवादीले नै काेशी प्रदेशको नाममा मतदान गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *