वीरगन्ज महानगरले चलाउन थाल्यो अतिक्रमित संरचनामा डोजर
मकालु खबर
२०७९ फागुन १७ गते
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ ।
महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझादेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका छन् । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माणसमेत गरेको थियो ।
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित