प्रदेशको नाम `काेशी´ राख्न दलहरू एक ठाउँमा
मकालु खबर
२०७९ फागुन १७ गते
विराटनगर । प्रदेश १ काे नाम काेशी प्रदेशलाई स्वीकार गरेर जान दलहरू एक ठाउँमा उभिएका छन् । प्रदेश १ काे नाम काेशी राख्ने प्रस्तावमाथि छलफलमा सहभागी दलहरूले प्रदेशको नाम काेशीलाई स्वीकार गरेर जाने बताएका हुन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले मानव संस्कार र संस्कृतिको सभ्यताको केन्द्र केशी भएको बताए ।
मानव जीवन र संस्कृतिको केन्द्र नै नदी किनार र तट भएको बताए । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले काङ्ग्रेस कहिल्यै जातीय नारा लिएर र साम्प्रदायिक भावनाबाट अघि नबढेको बताए । नेपाली काङ्ग्रेस सबैको सम्मान गर्ने पक्षमा रहेकाे उल्लेख गरे ।
`जातीय मुद्दा बोक्ने पार्टी कसरी खुम्चिएको छ त्यसलाई हेरौँ, उनले भने, जात र साम्प्रदायिक पक्षमा काङ्ग्रेस छैन, कोही हाँस्ने कोही रुनु पर्ने अवस्था आउन दिनुहुन्न ।´
उनले प्रदेशको नाम काेशीलाई पास गरेर जान आग्रह गरे ।
दुई तिहाइ दिए नाम फेर्छु :आङ्बाे
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बाेले संविधान सभाकाे ८ वर्षमा पारित हुन नसकेको नाम प्रदेश सभाबाट सहज पारित गर्न सक्ने अवस्थामा नरहेकोले नाम आउन ढिला भएको बताए । यस अघिको २ पटककाे संविधानसभाले टुंगाे लगाउन नसकेकाेि अवस्थामा जनताकाले मनोविज्ञानको आधारमा नामकरण गर्नु उपयुक्त हुने कुरा निरन्तर उठाउँदै आएको बताए ।
`पहिचान र सामर्थ्यको पक्षमा दल रहेकाे भए पनि जनमत आफ्नो पक्षमा र अंक गणित नभएकोले काेशी प्रदेशको पक्षमा जनमत हुँदा त्यसलाई स्वीकार गरेर जानुपर्ने अवस्था छ, उनले भने, पहिचानको पक्षमा नाम राख्न सक्ने अवस्था र उभिन सक्ने अवस्था रहेन, नागरिक सर्वोच्चताको पक्षलाई स्वीकार गर्दै काेशी प्रदेशलाई स्वीकार गरेर जान छाैँ ।´
दुई तिहाइ दिएको अवस्थामा नाम फेर्न तयार रहेकाे बताए । उनले बहुमत संख्याले स्वीकार गरेको नाममा बाधक नबनेर स्वीकार गर्ने बताए । राप्रपाका गोपाल विश्वकर्माले काेशी प्रदेश नै उपयुक्त रहेकाे बताए । इलाम र झापाबाहेक प्रदेश १ काे १४ जिल्ला मध्ये १२ वटा जिल्लालाई छोएको बताए ।
मकालु खबर
२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित