संसद बैठकमा रोएकी मन्त्री लिम्बुले मतदान गर्नै पाइनन्
बिराटनगर। प्रदेश १ को नामाकरणको पक्षमा या विपक्षमा मतदान गर्न रोस्ट्रममा रुने जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य निर्मला लिम्बूले मतदानमै सहभागी हुन पाइनन्।
समय भन्दा ढिला प्रदेश सभामा उपस्थिति भएपछी उनी मतदान प्रक्रियामा सहभागी हुन नपाएकी हुन्। प्रदेश १ सरकारकी स्वास्थमन्त्री समेत रहेकी निर्मलालाई मर्यादा पालकले गेटमै रोकेका थिए।
उनले टेलिफोन गरेर आफूभित्र जान खोजेपनि उनले गरेका व्यक्तिको टेलिफोन बन्द थियो। त्यसअघि बोल्ने क्रममा उनी रोस्टममै रोएकी थिइन्।
लिम्बूले बहुमतका आधारमा आफुलाई सती लगिएको गुनासो गरेकी थिइन्। प्रदेशको नामको विषयमा भएको छलफलमा आफू हाँसोको पात्र मात्रै भएको गुनासो गरिन्।
उनले प्रदेश नामको विषयमा सरकार मै भएपनि आफुलाई थाहा नदिएको र पहिचानका आधारमा प्रदेशको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताइन्।
कोशी प्रदेश ८२ मतसहित पारित भइसकेको छ। विपक्षमा जम्मा ४ मत परेको छ।