एभर्टनमाथि आर्सनलको ४-० को जित
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई गोल गरेका थिए भने बुकायो साका र मार्टिन ओडेगार्डले एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको प्रिमियर लिगमा २५ खेलमा ६० अंक भएको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा स्पष्ट ५ अंकले अगाडी भएको छ । म्यानचेस्टर सिटीको २५ खेलमा ५५ अंक भएको छ ।
एभर्टनको २५ खेलमा २१ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित