राष्ट्रपतिमा रामचन्द्रको प्रस्तावक नेकपा एसको बाध्यता एमालेले बुझेकाे छ : नेता खतिवडा

काठमाडौँ । एमाले नेताहरुले पहिलो पटक नेकपा एसको पार्टी कार्यालयमै आएर औपचारिक संवादको थालनी गर्नु आफूहरुका लागि खुसीको कुरा भएको एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । विष्णु पौडेलसहितका एमाले नेताहरुसँगको भेटपछि उनले सञ्चारकर्मीहरुलाई भेटबारे जानकारी दिँदै यस्तो बताएका हुन् । भेटमा एमाले नेताहरुले राष्ट्र पतिमा सुबास नेम्वाङलाई भोट मागेको पनि उनले बताए ।

‘राष्ट्रपति चुनावमा आफ्नो उम्मेद्वार सुवास नेम्वाङलाई भोट हाल्न उहाँहरुले आग्रह गर्नुभएको छ,’ उनले भने, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकोले तत्काल यसो गर्छौं भनेर भन्ने सक्ने अवस्था रहेन । यो विषय उहाँहरुले पनि बुझ्नु भएको छ । हामीले यही बुझाएका छौँ । एकले अर्काको नैतिक बन्धनलाई बुझेर यो भेट सकेका छौँ । बल्ल बल्ल दुई पार्टी आधिकारिक औपचारिक रुपमा भेट भएको छ । यसमा नराम्रो हुने कुरा त भएन । यो एउटा परिवर्तनको संकेत पनि हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *