तरकारी सडकमा फालेर आरआरअगाडि अनेरास्ववियुको प्रदर्शन
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियु आर आरले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
विषादीयुक्त तरकारी विनापरीक्षण ल्याउँदा नेपाली जनताको स्वास्थ्यमा गम्भीर असर पुग्नेभन्दै विद्यार्थी नेताहरूले परीक्षणको व्यवस्था गर्न माग गरेको अनेरास्ववियु आरआरका अध्यक्ष लोकेश खड्काले बताए ।
यसअघिको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले परीक्षण गरेर मात्र भारतबाट हरियो तरकारी ल्याउने व्यवस्था गरेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने माग विद्यार्थीहरुको छ ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित