राष्ट्रपतिमा रामचन्द्रलाई भोट हाल्न आग्रह गर्दै आठ दलका सांसदलाई अभिमुखीकरण

काठमाडौँ । राष्ट्रपतिमा आठ दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट हाल्न आग्रह गर्न आठ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन र संयोजन संयन्त्रले अखिमुखीकरण कार्यक्रम गरिरहेको छ ।

काठमाडौँको तीनकुनेमा दिउँसो १ बजेदेखि उक्त कार्यक्रम आयोजना गरिएको हो । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुका लागि आयोजित अभिमुखीकरण’ नाम दिइएको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरु उपस्थित रहेका छन् ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललगायत आठ दलका नेताहरु र सांसदहरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा राष्ट्रपति उम्मेदवार पौडेलले आफूलाई भोट हाल्न आग्रह गर्दै सबै सांसदलाई सम्बोधन गर्दै पत्र वितरण गरेको छन् । कार्यक्रममा दलका नेताहरूले रामचन्द्रलाइ भाेट हाल्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *