राष्ट्रपतिमा भोट माग्न रास्वपा कार्यालयमा एमाले नेताहरु
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । नेकपा एमालेका नेताहरु राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय बसुन्धरा पुगेका छन् । उम्मेदवार नेम्वाङसहित नेताहरु रास्वपा कार्यायल पुगेका हुन् ।
भेटमा रास्वपाका सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल, महामन्त्री मुकुल ढकाललगायत नेताहरु सहभागी छन् । त्यस्तै एमालेका उम्मेदवार नेम्वाङसहित उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, रघुवीर महासेठलगायत नेता सहभागी छन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी समेत भएको छ । भेटमा एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट हाल्न आग्रह गरेको हो ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित