आठ दलीय गठबन्धनमा अब १० दल हुनेछन् : माधव नेपाल
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले आठ दलीय गठबन्धनमा अब अरु दल पनि थपिने बताएका छन् ।
अबको केही दिनमा यो गठबन्धन १० दलीय हुने उनले बताए । उनले आफू राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक भएकोले आफ्नो दलका सबै सांसदले पौडेलललाई नै भोट हाल्ने बताए । सांसदहरुको अभिमुखी कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलबाट अभिभावकीय भूमिका निर्वाह हुने र हस्तक्षेपकारी भूमिका निर्वाह नहुने विश्वससमेत व्यक्त गरे ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित