विश्वकै उत्कृष्ट संविधानको रक्षार्थ काम गर्ने राष्ट्रपति उम्मेदवार रामचन्द्रको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेससहितका ८ दलबाट राष्ट्रपतिका साझा उम्मेदवार रहेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले नै लोकतन्त्रमा आधारित समाजवादतर्फ उन्मुख हुने लक्ष्य राखेकोले यसले सबैलाई वैचारिक रुपमा राष्ट्रिय एकता कायम गर्न सघाउने बताएका छन् ।

संविधानको पालक र रक्षकको रुपमा राष्ट्रपतिलाई संविधानले परिभाषित गरेको भन्दै उनले ६५ वर्षसम्मको राजनीति आफूले संविधानकै निर्माण र रक्षाका लागि खर्च गरेको उनले बताए । आफूले देशका जनजाती, मुसलमान, थारु, महिलालगायत सबैसँग पटकपटक वाता गरेर संविधान निर्माणमा भूमिका खेलेको उनले बताए ।

‘मैले संविधानबारे गहिराईमै गएर अनुभव गरेको हुनाले यो संविधानलाई कहीँ पनि तलमाथि हुन दिने छैन,’ उनले भने, ‘राष्ट्रपतिको भूमिकाप्रति कहीँ तलमाथि हुने छैन । संविधानले सबैलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा दिएको अधिकारको रक्षाका लागि आफू लाग्ने उनले बताए । दक्षिण एसियामै उत्कृष्ट रहेको नेपालको जस्तो सबैलाई समेटेको संविधान विश्वका अरु देशमा सायदै होलान् । यो संविधानको विकल्पमा यो भन्दा राम्रो संविधानको परिकल्पना हामीले गर्न सक्दैनौँ । यो संविधानले नेपाल र नेपालीलाई जुन हैसियत प्रदान गरेको छ । यस्तो हैसियत प्रदान गर्ने संविधान निकै उत्कृष्ट छ ।’

आफू राष्ट्रपति भएपति सरकारलाई आर्थिक सामाजिक समृद्धिका लागि उपयुक्त सुझाव तथा सल्लाह दिन सक्ने तर हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *