यूएईलाई हराउँदै यू १९ क्रिकेट विश्वकपमा नेपाल छनोट

काठमाडौँ । नेपाल यु १९ क्रिकेट विश्वकपमा छनोट भएको छ । घरेलु टोली यूएईलाई पराजित गर्दै नेपाल आगामी वर्ष सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेलका लागि छनोटमा परेको हो । २०१६ को विश्वकप पछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो ।

नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पूरा गर्न नसकी युएई ४८ ओभरमा १८४ रन बनाउँदै अलआउट भयो ।

अजमानको इडन ग्रार्डेन ओभलमा भएको खेलमा यूएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए । आर्याश शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले ५ तथा सुवास भण्डारी र हेमन्त धामीले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय एनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए ।

नेपालका ओपनर दीपक बोहोरा इनिङको पहिलो बलमा नै आउट भएका थिए । ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २/२ विकेट लिए । हर्शित शेठ र अम्मर बदामीले समान ११ विकेट लिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *