माओवादीको प्रण- ‘कोशी बाध्यता थियो, पहिचानयुक्त नाम दिन लागिरहन्छौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफू पहिचानमा आधारित संघीयताको पक्षमा भए नि बाध्यतावश प्रदेश १ को नामकरण ‘कोशी’ भनेर स्वीकार गरेको स्पष्टीकरण छ । प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

पहिचानमा आधारित नामकरण गर्न नसक्दा आम पहिचान पक्षधर प्रदेशवासीसँगै आफूहरू पनि दुःखी रहेको उनको भनाई छ । ‘पहिचानका पक्षधर शक्तिहरूको सानो सङ्ख्या हाम्रा लागि दुःखद बाध्यता थियो भने पहिचान नचाहने शक्तिहरूको भीमकाय आकार आजको वास्तविकता थियो । यही सन्दर्भमा प्रदेशसभाको दुई तिहाइ सङ्ख्या भएका दलहरूले नामकरणको प्रस्ताव अघि बढाएपछि हामीले नाममा पहिचान जोड्न अथक प्रयास गर्‍यौ । तर, हाम्रो प्रयास अन्ततः विफल बन्न पुग्यो,’ उनले भनेका छन् ।

उनले पहिचानको पक्षमा उठ्ने आवाज र अभियानप्रति फेरि पनि ऐक्यबद्धता रहेको बताए । भविष्यमा पहिचान पक्षधर शक्तिहरूको दुईतिहाई सङ्ख्यासहित प्रदेशलाई पहिचानयुक्त नाम दिने प्रयासमा लागिरहने नेता आङ्बोको प्रतिबद्धता छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *