बारा–२ बाट उपनिर्वाचन लड्ने तयारीमा उपेन्द्र यादव
रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाएपछि खाली हुने सिटमा यादव चुनाव लड्ने तयारीमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष बारा–२ बाट उपनिर्वाचनमा उम्मेद्वार बन्ने तयारीमा लागेका छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि खाली हुने सिटमा उनी चुनाव लड्ने तयारी गरेका हुन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा बारा २ बाट जसपाका रामसहायप्रसाद यादाव निर्वाचित भएाक थिए । तर, उपराष्ट्र पनि बन्न सांसद पद त्याग्नु पर्ने भएकोले उक्त स्थान खाली हुने भएको हो ।
१२ फागुनमा बनेको ८ दलीय गठबन्धनको सहमति अनुसार राष्ट्रपति नेपाली कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपति जसपाका रामसहायप्रसाद यादवलाई बनाउने सहमति भएको छ । उक्त सहमति अनुसार नै दलहरु अघि बढे बारा २ मा सांसद पद रिक्त हुने छ । र, त्यहाँ उपनिर्वान हुनेछ ।
४ मंसिरको चुनावमा सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेका थिए । संसदबाट बाहिर रहेका यादवलाई पार्टीले यादब बाहुल्य क्षेत्रबाट उम्मेदवार बनाएर संसद पठाउने तयारी गरिरहेको छ । यादवले जिते उनको पार्टीको उपस्थिति संसदमा अझ बलियो हुने बुझिएको छ ।