राष्ट्रपतिमा नेम्बाङलाई भोट हाल्न एमाले नेताहरुद्वारा लोसपा अध्यक्ष ठाकुरसँग आग्रह

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङको पक्षमा मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीसंग आग्रह गरेको छ ।

शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरुले लोसपाका नेताहरुसंग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् । छलफलपछि एमाले नेता योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका सन्दर्भमा लोसपा नेतृत्वसंग छलफल गरेको र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको बताउनुभयो । उहाले लोसपाको २४ गते बैठक बस्ने र त्यसबाट आवश्यक निर्णय गर्ने जवाफ पाएको जानकारी दिए ।

त्यस्तै लोसपाका नेता राजेन्द्र महतोले एमालेको प्रस्ताव सकारात्मक रहेको र पार्टीको बैठकमा छलफल गर्ने बताए । महतोले राष्ट्रपतिका दुवै उम्मेदवार बराबर भएपनि अहिले लोसपा ८ दलीय गठबन्धनको हिस्सा रहेकाले आवश्यक निर्णय पार्टी बैठकले लिने धारणा राखे ।

त्यस्तै उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम अघि सारे पनि अहिले परिस्थिति फरक भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *