जनमत पार्टीका अध्यक्षले सुवास नेम्वाङलाई भोट हाल्ने निर्णय लिने बताउनु भएको छ : नेता गुरुङ

काटमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताले शुक्रबार जनतमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट गरेका छन् । नेम्वाङलाई भोट माग्दै नेताहरु राउतलाई भेट्न पुगेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता गुरुङले सुवास नेम्वाङलाई भोट दिने विषयमा जनमत पार्टी सकारात्मक रहेको रहेको जवाफ दिएको नेता गुरुङले बताए ।

‘हामीले नेता नेम्वाङ राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिमा उपयुक्त पात्र भएकोले भोट दिन जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतसँग आग्रह गर्यौँ,’ उनले भने, ‘आफूहरुलाई जित्न र राष्ट्रिय पार्टी बन्न नेता नेम्वाङको समेत योगदान रहेको भन्दै राउतजीले पार्टीमा बैठक राखेर यसबारे निर्णय लिने बताउनु भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *