राष्ट्रपति निर्वाचनमा दलको ह्वीप लाग्दैन, सांसदहरुले विवेक पुर्याउनु हुन्छ : योगश भट्टराई
मकालु खबर
२०७९ फागुन १९ गते
काठमाडौँ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सकारात्मक रहेको एमाले नेता योगश भट्टराईले बताएका छन् । लोसपाका नेताहरुसँग भेट गरी भोट मागेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
‘राष्ट्रपति चुन्ने कुरा कुनै दलविशेषमा विभिाजित नभई चुन्ने कुरा हो,’ उनले भने, ‘समावेशीता, अनुभव, उच्च राजनीतिक छवि सबै हिसाबले सुबास नेम्वाङ उपयुक्त पात्र हुनुहुन्छ भन्ने विषयमा उहाँहरु पनि सहमत हुनुहुन्छ । उहाँहरुको पार्टीको २४ गते बैठक बसेर यसबारे निर्णय लिने बताउनु भएको छ ।’
उनले राष्ट्रपति निर्वाचनमा दलको ह्वीप नलाग्ने भएकोले उच्च राजनीतिक सुझबुझ र चेत भएका मतदाता सांसदले विवेक पु¥याएर मतदान गर्ने विश्वसा समेत व्यक्त गरे ।
मकालु खबर
२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित