नेम्वाङजीले भोट माग्नु भो तर हामी ८ दलीय गठबन्धनका ‘पार्ट’ हौँ : राजेन्द्र महतो
मकालु खबर
२०७९ फागुन १९ गते
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले आफूहरुले ८ दलीय गठबन्धनको एक दल भएकोले राष्ट्रपतिमा सुबास नेम्वाङलाई भोट दिन नसक्ने आशय व्यक्त गरेका छन् ।
भोट माग्न आएका नेम्वाङसहितका एमाले नेतासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘एमालेको तर्फबाट सुबासजी एमालेको उम्मेदवार हुनुहुन्छ । औपचारिक रुपमा नै उहाँले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न हामीलाई आग्रह गर्नुभएको छ । हामी आठ दलीय गठबन्धनका एउटा दल हौँ । तै पनि तपाइँहरुको आग्रहलाई हामीले पार्टीको बैठकमा राख्छौँ भनेर हाम्रो अध्यक्षजी महन्थ ठाकुरले उहाँहरुलाई भन्नुभएको छ ।’
मकालु खबर
२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित