पीएनजीविरुद्ध नेपाल ३ विकेटले विजयी

काठमाडौँ । आइसीसी क्रिकेट लिग–२ अन्तर्गत युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलामा पपुवा न्युगिनी(पीएनजी)विरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ ।

पीएनजीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

टस जितेर पहिला ब्याटिङ रोजेको पिएनजीले नेपाललाई जितका लागि १८० रनको लक्ष्य छोडेर ४९.२ ओभरमा अल आउट भएको थियो ।

जवाफी ब्याटिङमा नेपालले ब्याटिङमाओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए । अर्का ओपनर आशिफ शेख भने अन्तिमसम्म मैदानमा टिकेर खेले । उनले १३० बलमा एक छक्का र दुई चौकाको मद्दतले ८६ रन बनाए ।

त्यस्तै कुशल मल्लले २६ बलमा दुई चौकाको मद्दतमा २२ रन बनाए । सन्दीप लामिछानेले ५० बलमा ३५ रन बनाए । नेपालका अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

पीएनजीका लागि असाद भालाले सर्वाधिक ३ विकेट लिए । सेमो कामेएले र सेसे बाउले समान २/२ विकेट लिए ।

त्यस्तै, ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । ५१ बल खेलेका टोनीले दुई चौका र एक छक्का प्रहर गरे । ४३ बल खेलेका अर्का ओपनर किप्लन डोरिगाले तीन चौकाको मद्दतमा २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भालाले समान ११/११ रन बनाए । २४ बल खेलेका सेसे र १९ बल खेलेका कप्तान असाद दुवैले एक/एक चौक प्रहार गरे ।

हिरी हिरीले दुई चौका र एक छक्काको सहयोगमा ३१ रन बनाए । उनले जम्मा ६३ बल खेले । गौडी टिका १५ रन बनाएर आउट भए । ४३ बल खेलका गौडीले एक चौका प्रहार गरे । चाड सोपर र रिलेय हेकुरेले समान ९ रन बनाए । ११ बल खेलेका चाड र १८ बल खेलेका रिलेय दुवैले एक चौका प्रहार गरेका थिए । १६ बल खेलेका नोर्मन भानुआल एक छक्काको मद्दतमा १४ रन बनाउँदै मैदानबाट बाहिरिएपछि अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । १० ओभर बलिङ गरेका सोपालले ३९ रन खर्चिए भने दीपेन्द्रले एक मेडन राख्दै ३० रन खर्चिए । सन्दीप लामिछाने, करन केसी, आरिफ शेख र कुशल मल्लले समान ११ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *