कोशीका तीन जिल्लाबाट १६३ किलो गाँजासहित तीन जना पक्राउ

विराटनगर । सुनसरी, उदयपुर र धनकुटाबाट प्रहरीले १६३ किलो गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेशको सुनसरी, उदयपुर र धनकुटाका तीन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रित लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ बाट १०६ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा १०६ केजी गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै उदयपुरको कटारी नगरपालिका–१ कालिखोलाबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ सिराहाका २२ वर्षीय ललित सिंहलाई गाँजासहित पक्राउ गरेको हो । प्रदेश २–०१–००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा २२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सुनसरीको धरानबाट ४१ केजी गाँजासहित दुई जनालाई पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट दुईजजनालाई पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरको कारलाई रोकेर चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसँगै कार चालक धरान–१६ का ४० वर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै आएका २८ वर्षीय नवीन राई पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाँजासहित पक्राउ परेकाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *