ओखलढुङ्गा सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
मकालु खबर
२०७९ फागुन २१ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओखलढुङ्गामा आज भएको सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले घाइतेलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न सेनाले उद्धार कार्य अघि बढाएकोसमेत जानकारी दिएका छन् ।
ओखलढुङ्गा जिल्लाको चिसङ्खुगढी गाउँपालिका दियालेमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीव्र्र उद्धार कार्यका लागि निर्देशन दिएको छु ।
मकालु खबर
२०७९ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित