सत्ताको मात्रै राजनीतिक गरिरहँदा देशको स्वाधीनता गुम्छ : अध्यक्ष ओली
मकालु खबर
२०७९ फागुन २१ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि मात्रै राजनीतिक दलहरुले राजनीतिक गरे देशको स्वाधीनता नै गुम्ने खतरा रहेको बताएका हन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औँ सहिद दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘उनीहरु सत्ताको मात्रै राजनीतिक गर्छन्,’ उनले भने, ‘सत्ताको मात्रै राजनीतिक गर्दा देशको स्वाधीनता नै गुम्न सक्छ । हाम्रा पुर्खाले किनै संघर्ष र बलिदानी गरेर यो मुलुक जोगाएका हुन् । अहिले २१ औँ शताब्दिमा केही स्वार्थीहरुको वशमा परेर हामी कसैको पैताला हाम्रो टाउकोमा पर्न दिन तयार छैनौँ । हामी पारस्पारिक लाभका आधारमा सबैसँग सम्बन्ध विस्तार गर्न चाहन्छौँ । कसैलाई नोक्सान नपारी स्वाभिमानसहित बस्न खोजेका छौँ ।’
मकालु खबर
२०७९ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित