नेपालले यूएइलाई दियो २३० रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको सोमबार भएको खेलमा नेपालले युएईले २३० रनको लक्ष्य दिएको छ । टस जितेर  पहिला ब्याटिङ राेजेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २२९ रन बनाएको हो ।

नेपालका लागि पाँचौँ नम्बरका युवा ब्याटर भिम सार्कीको अन्तर्राष्ट्रिय खेल जीवनकै पहिलो अर्धशतकमा नेपालले घरेलु टोली युएईलाई उक्त चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो ।

नेपालका लागि भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वााधिक ७० रन बबनाए । त्यस्तै, आरिफ शेखले ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनबनाए । प्रतिश जिसीले ६ बलमा १ चौकासहित ११ रन बनाए ।

नेपाललाई खेलमा फर्काउन सन्दीप लामिछाने र भीम सार्कीले छैटौँ विकेटमा ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सन्दीप ४० बलमा १ चौकासहित २७ रनमा आउट भए । आसिफ शेख ६ रन जोडे ।

ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लू भई आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल १२ औँ ओभरको दोस्रो बलमा आउत भए ।

कुशल मल्लले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भए । आरिफ र भीम सार्कीले ५६ रनको साझेदारी गरेका थिए । करण केसीले ११ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।

युएईका लागि जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । अर्यान लर्कानले ८ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कार्तिक मयाप्पनले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *