देउवा र नेम्वाङबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनबारे छलफल
मकालु खबर
२०७९ फागुन २२ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता एवं राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच भेट भएको छ ।
स्रोतका अनुसार देउवाको डेरा रहेको धुम्बाराही नजिकैको कुनै एक होटलमा दुई नेताबीच भेटवार्ता भएको हो ।
करिब १ घण्टा चलेको वार्तामा राष्ट्रपतिको निर्वाचन र निर्वाचनपछिको सहकार्य लगायतका विषयमा समेत छलफल भएको छ ।
नेपाली कांग्रेसले ९ दलसँग गठबन्धन गरेर साझा उम्मेदवारकाे रूपमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई राष्ट्रपतिकाे उम्मेदवार बनाएकाे अवश्थामा पार्टी सभापति देउवाले नेम्वाङलाई भेट्नु अर्थपूर्ण देखिएकाे छ ।
मकालु खबर
२०७९ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित