सिंहदरबारमा ९ दलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका ९ दलको बैठक अहिले केहीबेरमा सिंहदरबारमा बस्दै छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

२५ गते बिहीबारका लागि तोकिएको राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

राष्ट्रपतिका लागि ९ दलले साझा उम्मेदवारका रुपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले भने नेता सुबासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *