भोलिसम्म काठमाडौँ आइपुग्न सबै सांसदलाई ८ दलको निर्देशन
मकालु खबर
२०७९ फागुन २३ गते
काठमाडौँ । आठ दलीय गठबन्धनले बुधबार अर्थात् भोलिसम्म काठमाडौँ आइपुग्न सबै सांसदलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले सबै सांसदलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट हाल्न अघिल्लो दिनसम्ममा काठमाडौँ आउन निर्देशन दिएको हो ।
बिहीबार २५ फागुनमा राष्ट्रपतिको निर्वाचन तय भएको छ । निर्वाचनमा लागि ९ दलको साझा उम्मेदवारका रुपमा रामचन्द्र पौडेल रहेका छन् भने नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
मकालु खबर
२०७९ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित