श्रीमति नभएको भए अहिलेसम्म म बाँच्नै सक्दिनथेँ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनमा श्रीमति राधिका शाक्यको निकै ठूलो भूमिका रहेको बताएका छन् । विश्व नारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रि राजनीतिक र समाजका अनेक क्षेत्र तथा परिबारमा महिलाको महत्वपूर्ण योगदानबारे चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।
‘मेरो श्रीमति नभएको भए अहिलेसम्म म बाँच्नै सक्दैनथेँ, उहिल्यै मरिसक्थेँहोला,’ उनले भने, ‘म तुलसीको मठकाे तुलसी जस्तै हो, एक दिन पानी हालेन भने ओइलाउन लाग्ने । अलि जतन गरेर बचाउनु पर्छ । त्यसैगरी मलाई बचाइएको छ । अरुको पनि त्यस्तै होला । बाहिर हिँड्दा कसैलाई दाग लगाएपनि घरमा श्रीमतिलाई दाग नलगाउनू । महिला विना सृष्टिको परिकल्पना गर्न सकिँदैन ।’
उनले अब महिला पछि पर्नु हुँदैन भन्दै लैंगिक समानताका अँगाल्नुपर्ने बताए ।