राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने राप्रपाको संकेत

काठमाडौँ । राप्रपाले राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने संकेत गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेकाे कार्यसम्पादन समितिकाे बैठकमा पार्टी राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने धारणा नेताहरूले राखेका छन् ।

पार्टीको जारी बैठकमा १९ जना बढी नेताहरु मध्ये धेरैले चुनावमा भाग लिन नहुने धारणा राखेका छन् ।

अध्यक्ष र तीन उपाध्यक्ष बोल्नेक्रम सुरु भएको छ ।

भोलि बिहीबार हुन लागेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल ९ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका छन् । नेकपा एमालेबाट भने सुवासभन्द्र नेम्बाङको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *