काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, १ जना गम्भीर घाइते
२०७९ फागुन २४ गते
काठमाडौ। शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। २ वटा मोटरसाइकललाई ठक्कर दिँदा थप एकजनाको अवस्था गम्भीर छ।
शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शाँखु घर भएका लावण्य सन्देसका प्रधान सम्पादक पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन्।
दुर्घटनामा पुनम श्रेष्ठ गम्भीर घाइते भएकी छन्। उनको स्थानीय संखरापुर अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल रिफर गरिएको छ।
अहिले दुर्घटना स्थलमा स्थानीयले टायर बालेर सडक अबरुद्ध गरेका छन् । उनीहले टिपरमा समेत आगजानी गरेका छन
२०७९ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित