मतदानस्थल पुगे राष्ट्रपतिका उम्मेदवार पौडेल (तस्बिरहरू)
२०७९ फागुन २५ गते
काठमाडौँ । मुलुकले आज बेलुकीसम्म नयाँ राष्ट्रपति पाउने भएको छ । राष्ट्रपति चयनका लागि अहिले केही बेरमा मतदान हुँदैछ ।
राष्ट्रपति पदका लागि नौदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् ।
यी दुईमध्ये एकलाई राष्ट्रपति चुन्न नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । उम्मेदवार पौडेल भर्खरै मतदानस्थलमा पुगेका छन् ।
मतदान सम्पन्न हुनासाथ मतगणना सुरु हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी छ । आज पौडेल र नेम्वाङमध्ये एकजना नेपालको तेस्रो राष्ट्रपति बन्नेछन् ।
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित