राष्ट्रपति निर्वाचन : मतदान सकियो, ४ बजेदेखि मतगणना

काठमाडौँ । राष्ट्रपति निर्वाचनअन्तर्गत आज भएको मतदान सम्पन्न भएको छ । अहिले मतपेटिका संकलन गर्ने र मुचुल्का तयार गर्ने काम भइरहेको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिका उम्मेदवारका प्रतिनिधिहरुसँग बैठक बसेर ४ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ ।

यस्ता छन् आयोगले उम्मेदवार प्रतिनिधिसँग बैठक बसेर गरेका निर्णय

१. दिउँसो ४ बजे देखि मतगणना शुरु हुने,
२. स्वस्तिक छाप लगाउनु पर्ने । त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने,
३. सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर ।
४. संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने,
५. मतगणनामा रास्ट्रपति उम्मेद्बारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछ
६. मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने।
७. मतगणना पश्चात बिजयी उम्मेद्बारलाई आजै प्रमाणपत्र बितरण गरिने

राष्ट्रपपति उम्मेदबारका प्रतिनिधिहरु

१. रमेश लेखक, रामचन्द्र पौडेलको तर्फबाट
२. महेश बर्तौला, सुबासचन्द्र नेम्वाङको तर्फबाट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *