संघीय र प्रदेश संसदको मतगणना छुट्टाछुट्टै, ७ बजेसम्म परिणाम आइसक्ने
मकालु खबर
२०७९ फागुन २५ गते
काठमाडौँ । राष्ट्रपतिको जारी निर्वाचन अन्तर्गत अब केही बेरमा मतगणना सुरु हुने भएको छ ।
मतगणनामा संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सांसदको मत छुट्टाछुट्टै गणना गरिने भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिका उम्मेदवारसँग बैठक बसेर यस्तो निर्णय लिएको हो ।
४ बजेदेखि मतणना सुरु गर्ने र साँझ ७ बजेसम्ममा अन्तिम मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी रहेको राष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।
मकालु खबर
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित