राष्ट्रपति निर्वाचनको मतगणना सुरु (तस्बिरहरु)
२०७९ फागुन २५ गते
काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । आज बिहान १० बजेबाट भएको मतदान दिउसो ३ बजे सकिएको थियो ।
आज भएको मतदानमा जम्मा ८३१ सांसदले मत दिएका थिए भने संघीय र प्रदेशसभाका ५१ले मतदान गरेनन् ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार संघीय संसदका १९ जना र प्रदेश तर्फका ३२ जना संसद मतदानमा अनुपस्थित रहे ।
राष्ट्रपतिका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतपरिणम ७ बजेभित्र आइसक्ने शर्माको भनाइ छ ।
२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित