एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता (तस्बिर)
२०७९ फागुन २७ गते
काठमाडौँ । एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
बागमती प्रदेशकी पूर्व-मुख्यमन्त्री समेत रहेकी शाक्य एमाले उपाध्यक्ष हुन् । चैत तीन गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित