उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवद्वारा उम्मेदवारी दर्ता (तस्बिर)
काठमाडौँ । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनमा रहेका ९ दलबाट जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरेको थियो ।
त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।
साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन सकेन् । त्यसकारण जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन् । जसपाबाट महिलाले पनि उम्मेदवारी दिने बताइएको छ । आज तीन जनाको उम्मेदवारी परेपनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।