उपराष्ट्रपतिमा जसपाबाट प्रमिला यादवको पनि उम्मेदवारी (तस्बिर)
२०७९ फागुन २७ गते
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रमिला यादवको पनि उम्मेदवारी परेको छ ।
जसपा बाट २ जनाको उम्मेदवारी परेको छ । यसअगि यसै पार्टीबाट उपराष्ट्रपतिमा रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका थिए ।
शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपराष्ट्रपति उम्मेदवारी दर्ता गराएकी हुन् ।
१० दलबाट साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन सकेन । त्यस कारण जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन् ।
१० दलबाट शनिबार तीन जनाको उम्मेदवारी परे पनि भोलि फेरि शीर्ष नेताबिच हुने छलफलले अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।
यता जनमत पार्टीबाट भने केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने छिन् ।
२०७९ फागुन २७ गते
प्रतिक्रिया
सम्बन्धित