जनमतबाट उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता (तस्बिर)

काठमाडौँ । जनमत पार्टीबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेद्वारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उनले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएका छन् ।

१० दलबाट साझा उम्मेदवार चयन गर्न बसेको बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन सकेन । त्यस कारण जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन् ।

१० दलबाट शनिबार तीन जनाको उम्मेदवारी परे पनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुङ्गो लाग्ने बताइएको छ ।

यसअगाडि गठबन्धनबाट जसपाका रामसहाय यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *