जनकपुरको राराब क्याम्पस सभापतिमा ६ जनाको उम्मेदवारी, कांग्रेस अलग्गिए, जसपासँग एमालेसहितका दलको तालमेल
जनकपुरधाम । धनुषाको जनकपुरमा रहेको रामस्वरुप रामसागर बहुमुखी राराब क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
यहाँको स्ववियू निर्वाचनमा नेपाली कांग्रेसका विद्यार्थी संगठन एक्लै भिड्दै छन् भने जनता समाजवादी पार्टी जसपासँग नेकपा एमालेसहितका विद्यार्थी संगठनबीच तालमेल भएको हो ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघले मनिष कुमार यादवलाई सभापतिमा उठाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा उम्मेदवार बनेका हुन् ।
जसपा, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकट विद्यार्थी संगठन यो क्याम्पसको स्ववियू निर्वाचनमा तालमेल गरेका छन् । यी ५ दलको तर्फबाट जसपाबाट गौतम यादवलाई सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघका इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहका कन्हैया कुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्का अभिषेक साह पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
अगामी चैत ५ गते हुने स्ववियु निर्वाचन हुँदैछ । २१ सदस्यीय कार्य समितिका लागि हुने निर्वाचनमा राराब क्याम्पसको स्ववियु सभापतिमा ६ जना सभापतिसहित ८८ जनाले उम्मेदवार बनेका छन् ।