‘कोशी प्रदेश’ नामको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
२०७९ फागुन २८ गते
काठमाडौँ । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ नामाकरण भएसँगै नामको विरुद्ध विरोध सुरु भएको छ ।
आइतबार ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै विभिन्न समुदायले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी भएकाहरूले मुख्य मन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै पहिचानसहितको नाम राख्नुपर्नेमा आफ्नो आवाज उठाएका छन् । उनीहरूले प्रदेशको नामाकरणप्रति आक्रोश पोख्दै विभिन्न नाराहरू लगाएका छन् । प्रदेशको नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने प्रदर्शनकारीहरूको माग छ ।
फागुन १७ गते बसेको प्रदेश सभा बैठकले दुई तिहाइ बहुमतका साथ प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित गरे सँगै पहिचान पक्षधरहरू आन्दोलित भएका हुन् ।
तस्बिरहरू:-
२०७९ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित